सञ्चार सेट (वाकीटकी) बोक्ने नक्कली प्रहरी पक्राउ
विवरण:- विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकि सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको Rain coat, प्रहरीको T-shirt, Name plate, लगाई प्राय रातको समयमा म प्रहरी हुँ भनि काठमाण्डौ उपत्यकाका बिभिन्न रात्रीकालिन व्यबसाय संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभाबमा पारी आर्थिक लाभ लिने गरेको भन्ने बिशेष सूचनाको आधारमा यस महाशाखाबाट खटिएको बिशेष प्रहरी अनुसन्धान टोलिले जिल्ला रामेछाप खाडोदेबि गा.पा. वडा नं.६ घर भई हाल का.जि. बाँनियाटार बस्ने गोबिन्द खड्कालाई निम्न सामानहरु सहित मिति २०७७।०६।२९ गते बिहान ०७:०० बजेको समयमा का.जि. टोखा न.पा. वडा नं. ०८ बाँनियाटारबाट पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ मानिस:- १) नाम:– गोबिन्द खड्का ...